काठमाडौं– तनहुँको डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तयि संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंगलबार सम्पन्न संस्थाको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल यो संस्थाको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ । ३१.०५ प्रतिशत बोनस सेयरपछि यसको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र संस्थाको साधारणसभाले पारित गरेपछि सेयरधनीको डिम्याट खातामा आउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय