काठमाडौं– ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई आकर्षक बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

संस्था सञ्चालक समितिको मंगलबारको बैठकले चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो बोनस सेयर सेयरधनीको डिम्याट खातामा आउनेछ ।

ग्लोबल आइएमइ लघुवित्तको हालको चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ । २८ प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी बढेर ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय