काठमाडौं– गिरी ब्रदर्स अटो पार्टसले आफ्ना ग्राहकलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । असोज २२ देखि २५ गतेसम्म गिरी ब्रदर्स अटोपार्टसले ग्राहकलाई टिभिएसका बाइक स्कुटीमा फ्री सर्भिस दिन लागेको हो ।
सानोभर्याङस्थित उक्त अटोपार्टसमा असोज २५ गतेसम्म टिभिएसका सबै भेहिकलको फ्री सर्भिसिङ हुने कम्पनीका निर्देशक अजय गिरीले जानकारी दिए । उक्त अवधिभर ग्राहकले टिभिएसका जेन्युइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेन्टसमा १० प्रतिशत छुट तथा अन्य लेबर चार्ज र चेकअपमा शतप्रतिशत छुट प्राप्त साथै विभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् ।
टिभिएसका ग्राहकले उक्त सेवा लिन गिरी ब्रदर्स अटोपार्टसको वर्कसप सानोभर्याङ जानुपर्ने निर्देशक गिरीले जानकारी दिए ।









