काठमाडौं– हिमालयन बैंक लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीको खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय