काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँ कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार शुक्रबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १५० तोकिएको छ । बिहीबार तेजावी सुन प्रतितोला ८९ हजार ९५० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी बिहीबार प्रतितोला एक हजार १७० मा कारोबार भएकामा शुक्रबारका लागि पनि सोही मूल्य तोकिएको छ । महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय