काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको सेयर बाँडफाँटको नतिजा सार्वजनिक भएको छ । सिडिएस एन्ड क्लियरिङ हाउसले सेयर बाँडफाँटको नतिजा राख्नका लागि बनाएको वेबसाइटमा बुद्धभूमिको बाँडफाँटको नतिजा राखिएको हो ।
उक्त कम्पनीको सेयरका लागि आवेदन दिने व्यक्तिले https://iporesult.cdsc.com.np/ मा गएर आफ्नो बिओआइडी हालेर नतिजा हेर्न सक्छन् ।









