काठमाडौं– महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत शुक्रबार सम्पन्न संस्थाको सञ्चालक समिति बैठकले ४५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो अनुपातको लाभांश यो वर्ष अहिलेसम्म कुनै पनि सूचीकृत कम्पनीले घोषणा गरेका छैनन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय