काठमाडौं– एनआइसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै ‘डिजिटल दसैं’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका डिजिटल च्यानलमार्फत सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई आकर्षक उपहारदेखि २५ प्रतिशतसम्म क्यासब्याक दिइने बैंकले जनाएको छ ।

एनआइसीका ग्राहकले विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्स, पिओएस भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताले क्युआर भुक्तानी गर्दा क्यासब्याक पाउने बैंकले जनाएको छ ।

आगामी कात्तिक २१ सम्म सो बैंकको भिसा कार्डमार्फत पिओएस कारोबार गर्ने ग्राहकलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक दिइने बैंकको भनाइ छ । जसअनुसार पहिलोपटक पिओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० सम्म क्यासब्याज अफर छ ।

त्यसैगरी बैंकले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने उद्देश्य लिई आगामी कात्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई पाल्सोनिकको तर्फबाट ३२ इन्च टिभी, सिजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रुपको तर्फबाट यासुदा ओभन, गाइया होलिडे होम धुलिखेलको तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, हङकङ सराङको तर्फबाट एक जोडीलाई डिनर प्याकेज, साथिमार्टको तर्फबाट १० जनालाई हजार रुपैयाँको सपिङ भौचर, अर्किड ग्रुपको तर्फबाट उक्त बैंकको कार्डहरू प्रयोग गरी पाँच हजारभन्दा बढीको खरिद गर्दा ५०० रुपैयाँ बराबरको गिफ्ट भौचर र अवेईको तर्फबाट एकजनालाई इयरबड प्रदान गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, बैंकले ग्यापु, युजी बजार, जुजु कार्ट, जिमिसा, सेतो क्यानभास, फिब्रो स्टाइल, लेबल्स, ओके दाम, च्वाइसमाण्डू, एनोलोजी, ई–पिपल, मेरो किनमेल र मेट्रो तरकारीमा डिजिटल भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको जनाएको छ । यती एयरलाइन्समा पनि छुट र क्यासब्याक रहेको बैंकको भनाइ छ ।
त्यस्तै, विराटनगरको सेन्ट्रल बजार र झापको नेपाल मल्टिपर्पोज सहकारी समाज लिमिटेडमा पनि डिजिटल भुक्तानी गर्दा क्यासब्याक पाइने बैंकले जनाएको छ ।

आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भमार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्स सुरु गरी यस योजनाको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय