काठमाडौं– ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयरसहितको प्रतिफल दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७७–७८ सम्मको सञ्चित मुनाफाबाट १३.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रतिफलमा १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।

सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले बोनस सेयर र लाभांश वितरणको प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय