मुग्लिन– मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको प्रमुख चाड बडादसैंको महानवमी र विजया दशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।

विगत वर्षमा दसैंमा तीन दिन बन्द हुने गरेकामा यस वर्ष भने महानवमी र विजय दशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए ।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सजिलोको लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस संक्रमण जोखिमका कारण बन्द भएपछि गत भदौ २३ गतेदेखि खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय