काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले यसअघि घोषित लाभांश संशोधन गरेको छ । बैंकले कुल लाभांश यथावत राखेर नगद र बोनस सेयरको दर फेरबदल गरेको हो ।

बैंकले कुल लाभांशलाई कायमै राखी बोनस सेयर र नगद लाभांश दरमा परिवर्तन गरेको हो । बैंकले अब सेयरधनीलाई १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश दिनेछ । यसअघि बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लाभांश संशोधन गरेको जनाएको छ । कात्तिक २ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँ छ । १२.६११ प्रतिशतका दरले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय