काठमाडौं– नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंक सञ्चालक समितिले बैंकको हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको छ । १४ प्रतिशतका दरले बोनस सेयर वितरणपछि यो बढेर १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन्् ।









