काठमाडौं– राजस्थानको उदयपुरको प्राइभेट स्कुलकी एक महिला शिक्षकले भारत र पाकिस्तानबीचको टी–२० खेलका कारण जागिर गुमाउनु परेको छ ।

शिक्षिका नफिसा अटारी राजस्थानको उदयपुरमा निरजा मोदी स्कुलकी शिक्षक हुन् । उनले भारत र पाकिस्ताबीचको खेलमा पाकिस्तानको पक्ष लिएर खुसी हुँदै ह्वाट्सएपमा स्टाटस लेखेपछि जागिर गुमाएकी हुन् ।

उनले ह्वाट्सएपमा पाकिस्तानी खेलाडीको फोटो सहित ‘हामीले जित्यौं’ भन्दै स्टाटस लेखेकी थिइन । एक अभिभावकले सोध्दा उनले आफू पाकिस्तानको पक्षमा रहेको बताएकी थिइन् । र सो स्टाटसको स्क्रिन सट भाइरल भएपछि स्कुल सञ्चालकले उनलाई शिक्षकको जागिरबाट निकालेका हुन् ।

विश्वकप अन्तर्गत आइतबार भएकोे भारत र पाकिस्तानबीचको पहिलो टी–२० खेलमा भारतले पाकिस्तानसँग १० विकेटले हारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय