काठमाडौं– केही दिनदेखि निकै कम मात्रामा हुँदै आएको सेयर कारोबार बढेर ६ अर्ब नाघ्दा सेयर सूचक नेप्से झण्डै ७९ बिन्दुले बढेको छ ।

धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से ७८.८२ बिन्दुले बढेर बजार बन्द हुँदा २७५१.०७ कायम भएको छ ।
आज कारोबार रकम पनि बढेर ६ अर्ब ३१ करोड ८३ लाख नाघेको छ । यस दिन २ सय २७ कम्पनीको ११ करोड ४८ लाख ६ हजार १ सय २३ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार सातवटा सूचीकृत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ९.९९ प्रतिशतले कमाउने कम्पनीको संख्या ४ छ भने ९ प्रतिशतभन्दा बढी कमाउने कम्पनी नौवटा छन् ।

यस दिन कारोबार रकम र किनबेच भएको सेयर संख्याको आधारमा कामना सेवा विकास बैंक सबैभन्दा अगाडि छ । यस कम्पनीको ६ लाख १७ हजार ७६३ कित्ता सेयर ४४ करोड ७४ लाख ५७हजार ७४६ रुपैयाँमा किनबेच भएको छ ।

बजार चम्केका बेला २१ अर्ब नाघेको दैनिक कारोबार रकम पछिल्लो समय ३ अर्बभन्दा तल झरिसकेको थियो । मंगलबार भने ६ अर्बभन्दा माथि पुगेर बजारमा आस जगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय