काठमाडौं– एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले आजैदेखि लागू हुने गरी उनले उक्त पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।
नवनियुक्त सञ्चालक स्वारले बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
फिलिपिन्सको एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तर उनीसँग नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट सेवा सुरु गरेकी उनी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।









