काठमाडौं– गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने प्रतिफल घोषणा गरेको छ ।

संस्थाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पुँजीको २० प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो । यस कम्पनीको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ छ ।

उक्त २० प्रतिशतमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश हुने संस्थाले जनाएको छ । नगद लाभांश कर प्रयोजनको लागि हो ।

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित भएपछि सेयरधनीले पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय