काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जस अनुसार संस्थाले आठ करोड नौ लाख ६० हजार रुपैयाँको बोनस सेयर वितरण गर्नेछ । नगद लाभांशका लागि ४२ लाख ६१ हजार ५२ रुपैयाँ छुट्ट्याएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि उक्त बोनस सेयर सेयरधनीको खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय