काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट सेयरधनीलाई थोरै लाभांश दिने भएको छ ।

कम्पनी सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले चुक्ता पुँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र बोनस सेयरमा तिर्नुपर्ने कर प्रयोजनका लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त बैठकले आगामी मंसिर १० गते कम्पनीको ११औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । बैठकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गते मंगलबारदेखि सेयर दाखिल खारेजी (बुकक्लोज) बन्द गर्ने जनाएको छ ।

आगामी कात्तिक २२ गतेसम्म उक्त कम्पनीको सेयर खरिद गर्ने सेयरधनीले प्रस्तावित लाभांश पाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय