काठमाडौं– एनएमबि लघुवित्त वित्तीय संस्थाले गत असारसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई यसपटक हाल कायम चुक्ता पुँजीको २२.६३ प्रतिशत लाभांश दिने भएको छ ।

बिहीबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव आगामी साधारण सभामा लैजाने निर्णय गरेको हो ।

सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको २१.५०प्रतिशत बोनस सेयर र १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले नगद र बोनस सेयर गरी १२ करोड २१ लाख ६६ हजार ३५५ रुपैयाँ १३ पैसा लाभांश वितरण गर्नेछ । कम्पनीको हालको चुक्ता पुँजी ५३ करोड ९८ लाख ४ हजार ८ सय २५ रुपै्रयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय