काठमाडौं– मध्य भोटेकोसी जलविद्युत् अकम्पनीको सेयर बाँडफाँटको नतिजा वेबसाइटमा सार्वजनिक भएको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सेयर बाँडफाँटको नतिजा हेर्नका लागि बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  मा बाँडफाँटको नतिजा राखिएको छ ।

उक्त कम्पनीले सर्वसाधारणका लागि बिक्री गरेको ९० लाख कित्ता सेयर शुक्रबार विहान निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको थियो ।

९० लाखको ४ प्रतिशत (३ लाख ६० हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (४ लाख ५० हजार कित्ता) सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणमा बाँडफाँट गरिएको थियो । आवेदकमध्ये ८ लाख १९ हजार आवेदक १० कित्ताका दरले उक्त कम्पनीको सेयर पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय