काठमाडौं– शुक्रबार विहान सम्पन्न एभरेस्ट बैंक सञ्चालक समितिको बैठकले गत असारसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । सञ्चालक समिति बैठकले १०.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमध्ये ६ प्रतिशत बोनस र करसमेत ४.३२ प्रतिशत नगद लाभांश हुने बैंकले जनाएको छ । बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय