काठमाडौं– मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश दिने निर्णय गरेको हो । लाभांश प्रस्ताव गरेको हो । बैंकका अनुसार यसपालि १७.५७५ प्रतिशत बोनस सेयर र ०.९२५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ । नगद लाभांश कर प्रयोजनको लागि हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउँछन् ।
बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।









