काठमाडौं– ख वर्गको वित्तीय संस्था साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत असार मसान्तसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट यसपालि सेयरधनीलाई वितरण गरिने प्रतिफल घोषणा गरेको छ ।
बैंकले १०.९३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश भने ०.५७ प्रतिशत हुने बैंकले जनाएको छ ।
बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । बैंकको हालको चुक्ता पुँजी तीन अर्ब ४० करोड ८४ लाख ६३ हजार ९०९ रुपैयाँ छ ।









