काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन आगामी पुस तेस्रो साता हुने भएको छ ।

आगामी पुस २२, २३ र २४ गते २५ औं महाधिवेशन तथा २२औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने महासंघले जनाएको हो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

त्यसअघि मंसिर १५ गतेसम्म प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने महासंघले जनाएको छ । महासंघको लुम्बिनी प्रदेशको अधिवेशन कात्तिक २९ गते, वाग्मती प्रदेशको अधिवेशन मंसिर १ गते र गण्डकी प्रदेशको मंसिर ७ गते आयोजना गर्ने तयारी गरिएको छ । महासंघले जिल्ला, नगर तथा पालिकास्तरमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

महासंघद्वारा घोषित कार्यक्रम अन्तर्गत यही मंसिर २४ गते ढाका उद्यमी व्यवसायीहरुको राष्ट्रिय भेला र ३ दिने ढाका प्रदर्शनी तथा २०७९ वैशाख १५ देखि १९ गतेसम्म १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गर्ने तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय