काठमाडौं– प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

सोमबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि प्रस्तावित बोनस सेयर सेयरधनीको डिम्याट खातामा आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय