काठमाडौं– मेगा बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले बैंकको हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

मेगाको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय