काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको भने यथावत रहेको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० कायम गरेको छ । यो अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ बढी हो । मंगलबार सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो ।

बुधबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने घटबढ भएको छैन । बुधबारका लागि चाँदीको मूल्य १२५० रुपैयाँ तोकिएको छ । मंगलबार पनि यही भाउमा किनबेच भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा पनि सुनचाँदीको मूल्य तोक्ने गरेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८२६.९४ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय