काठमाडौं– सुनको मूल्य ५ महिनापछि प्रतितोला ९४ हजारभन्दा माथि पुगेको छ । शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसअघि जेठमा सुनको मूल्य ९४ हजारभन्दा माथि पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भइरहेको छ ।
साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।









