काठमाडौं– नेपालको सुनचाँदी बजारमा केही दिनदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आइतबार पनि तोला २०० रुपैयाँले बढेर ९४ हजार ६०० मा कारोबार भइरहेको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आइतबार तेजाबी सुन प्रतितोला ९४ हजार एक सय रहेको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० तोकिएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य शुक्रबारका तुलनामा १० रुपैयाँले बढेर एक हजार २९५ मा कारोबार भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २८५ मा कारोबार भएको थियो ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय