काठमाडौं– नेपालको सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेर ९४ हजार ८०० कायम भएको छ ।

सोमबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० तोकिएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य सोमबारका तुलनामा १० रुपैयाँले बढेर एक हजार २९० कायम भएको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय