काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा विदेशमा बस्ने नेपालीले पठाउने रकम (विप्रेषण) अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह ७.६ प्रतिशतले घटेर २३९ अर्ब ३२ करोड कायम भएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले घटेर २ अर्ब २ करोड कायम भएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी,

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा उल्लेख्य बढेर भई ३४ हजार ८२३ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो । उक्त अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई २६३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय