काठमाडौं– एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६–७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको कुल २७ प्रतिशतले हुन आउने ५४ करोड २९ लाख ५ हजार ३९६.४० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ५० करोड २६ लाख ९० हजार १८१.८५ बराबरको बोनस सेयर र २ प्रतिशतले हुन आउने ४ करोड २ लाख १५ हजार २१४.५५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन् ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बिमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय