काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाको हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थसहित ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ८३ करोड रहेको छ भने लाभांश वितरणपछि चुक्ता पुँजी दुई अर्ब ३२ करोड ४१ लाख पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय