काठमाडौं– नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष ०७७–७८ का लागि बम्पर लाभांश दिने घोषणा गरेको छ ।

संस्थाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार ५५२.५० रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १८ करोड ८५ लाख ७४ हजार ९८.६३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाको प्रस्तावित लाभांशमा ४० प्रतिशतले हुन आउने १६ करोड ७६ लाख २१ हजार ४२१ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६७७.६३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय