काठमाडौं– नेपाली सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भइरहेको छ । यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।









