काठमाडौं– नेपाली सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० कायम भएको छ ।

शुक्रबार प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार तोला ७०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आइतबारको मूल्य प्रतितोला ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९०० तोकिएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय