काठमाडौं– नेपाली सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९३ हजार ९०० कायम भएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९३ हजार ७००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ४०० मा कारोबार भइरहेको छ । जसको मूल्य आइतबार प्रतितोला ९३ हजार २०० थियो ।
त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० पुगेकोे महासंघले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २६० मा कारोबार भएको थियो ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा दैनिक सुनचाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।









