वीरगन्ज– पछिल्लो समय चीनबाट ल्याइएको २५ हजार मेट्रिक टन रासायनिक मल (डिएपी) नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारत हुँदै ल्याइएको मल रक्सौल, भैरहवा र विराटनगर नाकाबाट नेपाल भित्र्याउने कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार नौ हजार टन भैरहवा नाकाबाट, नौ हजार ५०० टन वीरगन्ज नाकाबाट र ६ हजार ५०० टन विराटनगर नाकाबाट नेपाल भित्रिने छ ।

उक्त डिएपी विशेष गरी गहुँ, मकै र तोरीलगायत बालीमा प्रयोग हुन्छ । उक्त मल भारतीय सप्लायर्स कम्पनी इन्जियन पोटास लिमिटेडमार्फत ल्याउन लागिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय