काठमाडौं– मंगलबार सुनचाँदीको मूल्य व्यापक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ तोकेको छ ।
यो अघिल्लो दिनको तुलनामा १६०० रुपैयाँ कम हो । सोमबार सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । मंगलबारका लागि तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।
(यसअघिको समाचारमा भूलवस ६०० रुपैयाँ घटेको उल्लेख भएकोमा क्षमायाचनासहित सच्याइएको छ । )









