काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ ।

डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल भएको बैंकको भनाइ छ । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबलले आफ्ना ग्राहकलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको जनाएको छ ।

उक्त सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले नेपाल टेलिकमसँग समझदारी गरेको जनाएको छ । समझदारीपत्रमा बैंकको बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमकी प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन् ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजन ल्याई ग्राहकलाई विस्तारित बैंकिङका साथै अन्य सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय