काठमाडौं– भारतबाट परिवर्त्य विदेशी मुद्रा (अमेरिकी डलर लगायत) भुक्तानी गरेर आयात गर्न पाइने वस्तुको संख्या बढेको छ ।

हालसम्म भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरेर १६७ वस्तु आयात गर्न पाइनेमा अब त्यो संख्या १८२ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी आयात गर्न पाइने औद्योगिक कच्चा पदार्थ तथा मेसिनरी लगायत वस्तुको विद्यमान सूचीमा १५ वस्तु थप गरी १८२ पुर्याएको हो । थपिएका वस्तुको सूची भने केन्द्रीय बैंकले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय