काठमाडौं– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले सेवाग्राहीमुखी योजना सार्वजनिक गरेको छ ।
सो योजना अन्तर्गत आइएमई पे सेवाग्राहीको लागि नेपालभरका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत क्यासब्याकको अफर रहेको कम्पनीले जनाएको छ । यस अन्तर्गत क्यासब्याक हुने रकम तीन सय नपुग्दासम्म २० प्रतिशत छुट हुने बताइएको छ ।
उक्त योजनाका सन्दर्भमा बोलदै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहटाले यसबाट सेवाग्राहीहरु अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीले क्यासब्याकमार्फत भरपूर फाइदा उठाउन सक्ने बताए ।
अफरमा आइएमई पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउने बताइएको छ । यस अन्तर्गत प्रयोगकर्ताले क्यासब्याक ३०० रुपैयाँ ननाघ्दासम्म २० प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।









