काठमाडौं– महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रायोजनार्थ १.०५ प्रतिशत अर्थात तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले गतवर्षभन्दा दोब्बर बढि लाभांस प्रस्ताव गरेको हो। गतवर्ष बैंकले ८।८० प्रतिशत बोनस सेयर र ०।४६ प्रतिशत नगद लाभांस दिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय