काठमाडौं– समीट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँको कुल २५.२८ प्रतिशतले हुन आउने ९ करोड ९७ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

सजिलो लघुवित्त र समीट लघुवित्तबीच मर्जर कार्य सम्पन्न भई एकीकृत कारोबार सुरु भइसकेको हुँदा घोषित लाभांशमा लाग्ने करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय