काठमाडौं– आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बिहीबार सम्पन्न लघुवित्तको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब ३ करोड ४२ लाख २१ हजार रहेको छ भने, बोनस सेयर वितरणपछि एक अर्ब २४ करोड १० लाख ६६ हजार पुग्नेछ ।









