काठमाडौं– नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ । यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ५०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच हुँदैछ । बुधबार भने सुन प्रतितोला ४०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार यस दिन चाँदी तोलामा १० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय