काठमाडौं– पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको प्राथमिक निष्कासनका क्रममा नागरिक लगानी कोषसँग प्रत्याभूतिसम्बन्धी सम्झोता गरेको छ ।

उक्त कम्पनीको सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीमा ५४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । हाइड्रोपावरले निष्कासन तथा बिक्री प्रबन्धमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय