काठमाडौं– नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य यस दिन प्रतितोला ७०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला ९० हजार ८०० तोकिएको थियो ।
त्यस्तै यस दिन चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०० तोकिएको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।









