काठमाडौं– जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको सम्पन्न सञ्चालक समिति बैठकले गत आवको नाफाबाट कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ८१ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशतले हुन आउने १५ लाख ५६ हजार ९०६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय