काठमाडौं– नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सिएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठले तथा मन्जुश्रीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आइटी हेड सुनिल शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले मन्जुश्रीसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, मन्जुश्रीका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउने बताइएको छ । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिटेन्स कम्पनीमार्फत उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि भुक्तानी प्रणाली एग्रिगेटर हो । यसले विशेष गरी बैंक तथा वित्तीय संस्था, पिएसपीहरु, रेमिटेन्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्छ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थासँग सहकार्य गरी काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय